२६ बैशाख २०८२, शुक्रबार
Tags

मानव बेचबिखनको आरोपमा युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गर्दा समातियो

रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

वीरगन्ज / पर्सामा मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा एक युवक पक्राउ परेका छन्। धादिङ गल्छी गाउँपालिका-२ का २४ वर्षीय रोजन भुजेललाई दुई युवतीलाई भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो।

वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ जान लागेका भुजेल र दुई युवतीलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले आफन्त नेपालका कर्मचारीको उपस्थितिमा पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानमा भुजेलले ती युवतीहरूलाई हेटौंडा तथा वीरगंजका कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभन देखाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका भुजेल विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्