२६ बैशाख २०८२, शुक्रबार
Tags

वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू

रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

विराटनगर / नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) मोरङको अध्यक्षमा योगेन लिम्बू चयन भएका छन् ।

वाइसिएल मोरङको तेस्रो जिल्ला सम्मेलनबाट लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनाल चयन भएका छन् । साथै, सचिवको जिम्मेवारी सुशन खड्का चयन भएका छन् ।

सह–सचिवमा रोशन राई, जमिन मङ्ग्राती र महेन्द्र सोनार चयन भएका छन् भने कोषाध्यक्षमा इन्द्रबहादुर राई चयन भएका छन् । अध्यक्ष योगेन लिम्बूले कार्यभार ग्रहण गर्दै युवा सशक्तीकरण, सामाजिक परिवर्तन र जनहितका कार्यहरूलाई प्राथमिकता दिने बताएका छन् ।

नवनिर्वाचित उपाध्यक्ष मोहम्मद रेहानले वाईसिएल नेपाल मोरङले आगामी दिनहरूमा समुदायको लागि थप प्रभावकारी र उपयोगी योजनाहरू ल्याउने योजना बताए ।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटाले गरेका थिए । सम्मेलनमा माओवादी पार्टीका विभिन्न नेता र अन्य सामाजिक संस्थाका प्रतिनिधिहरूले नयाँ समितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिए । नयाँ नेतृत्वले संगठनलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्