२३ भाद्र २०८२, मंगलबार
Tags

इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु

रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

इटहरी / सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर इटहरीमा दुई जनाको मृत्यु भएको छ।

सुनसरीस्थित इटहरीमा दिउँसो प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाइफायरसहित गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिकाको परिसरमा प्रवेश गरेर तोडफोड गर्ने प्रयास गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।

हाल इटहरी क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ र स्थिति नियन्त्रणमा लिन कडा निगरानी राखिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्