२८ आश्विन २०८२, मंगलबार
Tags

झापा र सुनसरीमा लाखौं बराबरको अवैध पटका बरामद

रणभूमी सम्वाददाता आइतबार, आश्विन २६, २०८२

विराटनगर / चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत परिचालित प्रहरी टोलीले झापा र सुनसरी जिल्लाबाट ठूलो परिमाणमा अवैध पटका र विस्फोटक पदार्थ बरामद गरेको छ।

नेपाल प्रहरीले चेकजाँचको क्रममा असोज २५ गते झापाको भद्रपुर नगरपालिका–५ बाट लुकाइछिपाइ ओसारपसार भइरहेको करिब ४ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका पटका र तिहारमा प्रयोग हुने झिलिमिली बल्व लाइट बरामद गरेको हो।

यस्तै, सुनसरीको देवानगंज गाउँपालिका–४ बाट पनि प्रहरीले करिब ७३ हजार १२० रुपैयाँ बराबरको पटका जन्य विस्फोटक पदार्थ बरामद गरेको छ।

चाडपर्वको समयमा सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। यस्ता अवैध पदार्थहरूको ओसारपसारले दुर्घटनाको जोखिम बढाउने भएकाले प्रहरीले निगरानी थप कडा बनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्