२७ आश्विन २०८२, सोमबार
Tags

विराटनगरमा अवैध लत्ताकपडा बरामद

रणभूमी सम्वाददाता सोमबार, आश्विन २७, २०८२

विराटनगर / प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट अन्दाजी १ लाख ६८ हजार २०० रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो।

शनिबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा प्रहरीले उक्त लत्ताकपडा बरामद गरेको थियो। भारतबाट नेपालतर्फ तस्करी गरी ल्याइएका ती लत्ताकपडा वेवारिसे अवस्थामा विराटनगरका विभिन्न स्थानमा राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्