०१ माघ २०८२, बिहिबार
Tags

नेपाली कांग्रेसको नयाँ कार्यसमिति विवरण निर्वाचन आयोगमा दर्ता

रणभूमी सम्वाददाता बिहिबार, माघ ०१, २०८२

काठमाडौँ / नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

बिहीबार दिउँसो निर्वाचन आयोग पुगेका थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आवश्यक कागजात हस्तान्तरण गरेका हुन्। थापासँगै उपसभापति विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आयोगका अधिकारीसँग भेट गरी कार्यसमितिको विवरण अद्यावधिक गराएका छन्।

ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित पदाधिकारीहरू विवरण दर्ताका लागि आयोग पुगेका हुन्। सो बैठकले पार्टीका आधिकारिक निर्णय र पत्राचारमा अब शेरबहादुर देउवाको नाम हटाई सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ। उक्त निर्णयबारे पनि निर्वाचन आयोगलाई जानकारी गराइएको छ।

पहिलो केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। प्रवक्ता चालिसेले बैठकका निर्णय सार्वजनिक गर्दै आवश्यक सबै विवरण निर्वाचन आयोगमा अध्यावधिक गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्