१२ भाद्र २०८३, शुक्रबार
Tags

बेलबारीमा ८ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोप बाबु पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, भाद्र १२, २०८३

बेलबारी / मोरङको बेलबारीमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका बाबुलाई पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बेलबारी नगरपालिका–८ की बालिकामाथि भदौ १ गते बाबुले जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे बालिकाकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

जाहेरी प्राप्त हुनासाथ इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपित बाबुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपितमाथि घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्