रणभूमी सम्वाददाता सोमबार, आश्विन ०५, २०८३
विराटनगर / धार्मिक आस्था, आध्यात्मिक अनुभूति र धार्मिक पर्यटनलाई जोड्दै सप्तकोशी तीर्थ यात्रा प्रा.लि. ले हालसम्म ११ हजारभन्दा बढी नेपाली भक्तजनहरुलाई भारतको विभिन्न प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थलको दर्शन गराएको जनाएको छ।
सप्तकोशी तीर्थ यात्रा प्रा.लि.ले भारतका विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित चारधाम यात्राको समेत व्यवस्था गर्दै आएको छ। संस्थाले ११, १५ र २१ दिने विशेष धार्मिक तथा आध्यात्मिक यात्रामार्फत भक्तजनलाई विभिन्न तीर्थस्थलको दर्शन गराउँदै आएको हो।
तीर्थयात्राका क्रममा गया धामस्थित विष्णुपाद मन्दिर, वाराणसीको श्री काशी विश्वनाथ मन्दिर, प्रयागराजको त्रिवेणी संगम, आग्राको विश्वप्रसिद्ध ताजमहल, मथुराको श्रीकृष्ण जन्मभूमि, वृन्दावनको प्रेम मन्दिर, गोकुल, गोवर्धन, अयोध्याको श्रीराम जन्मभूमि, नैमिषारण्य धाम, हरिद्वार, मनसा देवी मन्दिर, ऋषिकेश, राम झुला तथा लक्ष्मण झुलालगायतका धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराइने गरिएको छ।
त्यसैगरी यात्रामा यमुनोत्री धाम, गंगोत्री धाम, श्री केदारनाथ धाम र श्री बद्रीनाथ धामसमेत समेटिने गरेको संस्थाले जनाएको छ। चारधाम दर्शनलाई भक्तजनका लागि महत्वपूर्ण धार्मिक तथा आध्यात्मिक यात्राका रूपमा लिने गरिन्छ।
भजन–कीर्तनसँगै पारिवारिक वातावरण
सप्तकोशी तीर्थयात्रामा धार्मिक स्थलको दर्शनसँगै भक्तजनलाई यात्राभर भजन, कीर्तन तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत रमाइलो वातावरण प्रदान गर्ने गरिएको सहभागी भक्तजनहरू बताउँछन्।
लामो दूरीको यात्रा भए पनि बसभित्र भजन–कीर्तन, धार्मिक चर्चा तथा आपसी कुराकानी हुने भएकाले यात्रामा सहभागीहरूबीच आत्मीयता बढ्ने गरेको उनीहरूको अनुभव छ। कतिपय भक्तजनले यात्राका क्रममा नयाँ साथी तथा आत्मीय सम्बन्धसमेत बन्ने गरेको बताउँदै यसलाई धार्मिक यात्रासँगै पारिवारिक वातावरणको अनुभूति हुने यात्राका रूपमा लिएका छन्।
“तीर्थस्थलको दर्शन त मुख्य कुरा नै हो, तर यात्राभर सबैजना मिलेर भजन–कीर्तन गर्ने, रमाइलो गर्ने र एकअर्कालाई सहयोग गर्ने वातावरणले यात्रालाई अझ विशेष बनाएको महसुस हुन्छ,” सहभागी भक्तजनहरूको भनाइ छ।
सुरक्षित र व्यवस्थित यात्रामा जोड
सप्तकोशी तीर्थ यात्रा प्रा.लि.ले तीर्थयात्रीको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै आरामदायी तथा सुरक्षित बस सेवा, अनुभवी टुर गाइड र सहयोगी टोलीको व्यवस्था गर्दै आएको छ। यात्राका क्रममा दैनिक दुई छाक शुद्ध सात्विक भोजन, व्यवस्थित आवास तथा यात्राभर आवश्यक सहयोग र समन्वयको व्यवस्था हुने गरेको छ।
यात्रामा सहभागी भक्तजनका लागि प्राथमिक उपचारको व्यवस्थासमेत गरिएको संस्थाले जनाएको छ। लामो दूरीको धार्मिक यात्रामा ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका भक्तजन सहभागी हुने भएकाले यात्राभर आवश्यक सहयोग र समन्वयमा विशेष ध्यान दिइने बताइएको छ।
सप्तकोशी तीर्थ यात्रा प्रा.लि.का प्रोप्राइटर नरेश लाभका अनुसार भक्तजनको आस्था र विश्वासलाई सम्मान गर्दै सुरक्षित, व्यवस्थित र भक्तिमय वातावरणमा तीर्थयात्रा सञ्चालन गर्नु संस्थाको मुख्य उद्देश्य हो।
“तीर्थयात्रा धार्मिक स्थलको भ्रमण मात्र नभई आस्था, संस्कार, संस्कृति र आध्यात्मिक अनुभूतिसँग जोडिएको यात्रा हो,” लाभले भने, “भक्तजनलाई सहज र सुरक्षित रूपमा तीर्थस्थलको दर्शन गराउने उद्देश्यले यात्रालाई व्यवस्थित बनाउँदै आएका छौँ।”
हालसम्म ११ हजारभन्दा बढी भक्तजनलाई विभिन्न धार्मिक यात्रामा सहभागी गराउन सफल भएको उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि धार्मिक तथा सांस्कृतिक महत्व बोकेका विभिन्न तीर्थस्थललाई समेटेर थप व्यवस्थित रूपमा तीर्थयात्रा सञ्चालन गर्ने जनाएको छ।
सप्तकोशी तीर्थ यात्रा प्रा.लि.ले धार्मिक यात्रामार्फत भक्तजनलाई देश–विदेशका प्रसिद्ध तीर्थस्थलको दर्शन गराउनुका साथै भजन–कीर्तन, आपसी सद्भाव र पारिवारिक वातावरणमार्फत यात्रालाई स्मरणीय बनाउने प्रयास गर्दै आएको जनाएको छ। धार्मिक आस्था र मनोरञ्जनलाई सँगसँगै अघि बढाउँदै सञ्चालन भइरहेको यस्तो यात्राले सहभागी भक्तजनलाई तीर्थदर्शनसँगै आत्मीयता, आनन्द र आध्यात्मिक अनुभूतिको अवसरसमेत प्रदान गर्ने गरेको सहभागीहरू बताउँछन्।