१९ आश्विन २०८३, सोमबार
Tags

४.४७ ग्राम हेरोइनसहित धरानका दुई युवक पक्राउ

रणभूमी सम्वाददाता सोमबार, आश्विन १९, २०८३

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असोज १८ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–९ बस्ने ३३ वर्षीय नरेश खड्गी र ऐ.ऐ.–९ बस्ने ३५ वर्षीय कृष्ण राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूमध्ये कृष्ण राईको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४.४७ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्