२७ कार्तिक २०८३, बिहिबार
Tags

तास खेलिरहेको अवस्थामा २२ हजार नगदसहित उर्लाबारीबाट ८ जना पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, कार्तिक २७, २०८३

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–४ स्थित एक घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नेपाली नगद २२ हजार २०० रुपैयाँ र तासका गड्डीसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ साल कात्तिक २५ गते राति करिब १०ः३५ बजे उर्लाबारी नगरपालिका–४ भानुमार्गस्थित एक घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद र ताससहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ का ३२ वर्षीय शिव निधि, ४९ वर्षीय युवराज थापा, ३५ वर्षीय डम्बरबहादुर अधिकारी, ३१ वर्षीय कमल खड्का, ५० वर्षीय गोपाल भुजेल, ४१ वर्षीय दुर्गाबहादुर भुजेल, ४२ वर्षीय मोहन खड्का र ५० वर्षीय सुरेश कार्की रहेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्