१२ बैशाख २०८१, बुधबार
Tags

हडतालीहाट महिला समुहद्वारा तिज बिशेष कार्यक्रमको आयोजना (फोटो फिचर) सहित

रणभूमी बिहिबार, भाद्र २४, २०७८

बिराटनगर / भदाै २४, हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज हडतालीहाट महिला समुह बिराटनगर १५ ले धुम धाम साथ सांस्कतिक कार्यक्रम आयोजना गरी नाच गान गरेर मनाएका छन् ।

बिराटनगर-१५ को हडतालीहाटको एतिहासिक रुख मुनी हडतालीहाट महिला समुह द्वारा तीज पर्वको शुभकामाना सहित आयोजना गरिएको हरितालिका तीज कार्यक्रममा विराटनगरको १४, १५, १६ र १७ गरी ४ वटा वडाहरूबाट तिज बिशेष कार्यक्रममा श्रद्धालु तथा वर्त बसेकी महिलाहरुको बाक्लो सहभागिता रहेको थियो ।

लगभग एक हजार बढी तीजमा ब्रत बसेकी महिलाहरूले सो ठाउँमा सहभागिता जनाई नाच गान गरेर तीज पर्व मनाएका छन् । कार्यक्रममा समाजका जान्ने मान्ने समाजसेवी तथा नेता राजेश गुप्ता, रुस्तम अलि, असलम आलम, मनोज सुब्बा लगायत अन्य व्यक्तित्वहरुलाई समेत कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको आयोजकले बताए ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

त्यसै गरी हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार बर्त बस्न बसिन्। यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी बर्त बस्छन । खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन् ।

बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ।

निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।

यहाँ कमेन्ट गर्नुहोस्