१४ बैशाख २०८१, शुक्रबार
Tags

मोटरसाइकलको सिटमुनि बाट मदिरा बरामद, भन्सार मूल्यांकन १ लाख ११ हजार

सलिना राई मंगलबार, फाल्गुण ०३, २०७८

रंगेली / फाल्गुन ३, भारत बाट लागु औषध नेपाल ल्याए सरह जुक्ती लगाई बिहार राज्यमा प्रतिबंधित मदिरा मोटरसाईकलमा नेपाल बाट भारत तर्फ लैजाँदै गरेकाे अवस्था सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रंगेलि बाट सप्रनानी डोगेन्द्र भट्टराई सहितको मोबाईल गस्ती टोलिले चेक जाँचको क्रममा बि आर ३८ एन २३४५ भारतिय नम्बरको १६० सिसी अपाची मोटरसाइकल बाट सिट मुनि लुकाई ल्याएको मदिरा मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । अाज विहान पौने दश बजेको समयमा सशस्त्र प्रहरी टोलीले सीमावर्ती एरियामा चेक जाँचको क्रममा उक्त मोटरसाईकल रोक्न खोज्दा भगाउन थालेपछि शंका लागि लखेटेर मोटरसाईकल पक्राउ गरेको थियो । नजिकै दशगजा भएको हुनाले मोटरसइकल सवार व्यक्ति भाग्न सफल भए पनि मोटरसाईकल नियन्त्रणमा लिएर चेक जाँच गर्दा सिट मुनि बाट कर्णाली गोल्ड नाम गरेको नेपाली मदिरा २८ बोतल फेला परेको हो ।

बरामद गरेकाे मदिरा आवश्यक कार्वाहीको लागि मोटरसाइकल सहित मदिरा विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको जसको मूल्यांकन १ लाख ११ हजार २ साय ६० भएको बिओपी रंगेली प्रमुख सप्रनि कमल अधिकारीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्