१४ बैशाख २०८१, शुक्रबार
Tags

मोन्टी जिम क्लब द्वारा आयोजित होली बेन्च प्रेस प्रतिस्पर्धा २०७७ भब्यताका साथ सम्पन्न

ranbhumi शनिबार, चैत्र १४, २०७७

गोबिन्द महेशवरी
बिराटनगर / बिराटनगर – ७ महाबिर रोडमा रहेको मोन्टी जिम क्लबले आफ़्नो सदस्यहरुलाई सेल्फ़ क्षमता अभिवृधी गर्न होली पर्वको अवशरमा ब्रेन्च प्रेश कार्यक्रमको आयोजना गरी भब्यताका साथ सम्पन्न गरेका छन ।

स्वस्थ्य रहन शारीरिक कसरत तथा ब्यायाम गर्न जिम क्लब मा जिम गर्न निरंतर आउने क्लब कै सदस्य सदस्यहरु बिच प्रतिशप्रधा गराएपछी सदस्यहरु अझ सक्रिय भैइ प्रस्तुत हुन सकोस भनि जिम क्लबको संचालक मोन्टी पासवानले होलीको अवशरमा शुभकामना आदान प्रदान कार्यक्रमको बहानामा उक्त ब्रेन्च प्रेश कार्यक्रम आयोजना गरेका हुन । ब्रेन्च प्रेश प्रतियोगितामा क्लब को सदस्यहरुको उत्साह जनक सहभागीता समेत रहेको थियो ।

कार्यक्रम संचालक बिपिन पासवानले बताए अनुसार कार्यक्रममा ५५ किलो , ६० किलो , ६५ किलो र ७० किलो तौल भएको सदस्यहरुको अलग अलग ४ समुह बनाई प्रतेक तौल समुह बाट प्रथम भएका सहभागी सदस्यहरुलाई पुनः सबै तौल समुहको सहभागीहरु संग प्रतिशप्रधा गराई एक जना ओभरअल बिजेता छानेर सम्पुर्ण सहभागी सदस्यहरुलाई प्रमाण पत्र सहित सम्मानित गरेका छन । तौल अनुसारको पहिलो बिजेता हरुलाई ओभरअल बिजेता हुन सहभागी भएका चारै जनालाई २/२ प्रति प्रमाण पत्रको सथ साथै नगद र मेडल सहित पुरस्कृत गरेका हुन ।

भायानेट कम्युनिकेशन प्रा.लि. का बिराटनगर शाखा प्रमुख प्रफुल थापाको प्रमुख आतिथ्यमा मोन्टी जिम क्लबले आयोजना गरेको उक्त कार्यक्रममा बिशिस्ठ अतिथी प्रदिप भुजेल र देवेन्द्र आचार्य रहनु भएका थिए भने निर्णायक को भुमिकामा मिस्टर बिराटनगर २०६४ भई सकेका बडिबिल्डर कमल कुमार राई रहनु भएको थियो । कार्यक्रम आयोजक मन्टी जिम क्लब सन्चालक मन्टी पासवानले सहभागी सम्पुर्ण अतिथी लगायत पत्रकार राजेश कुमार भगत, पवन शाह र रमेश ठाकुरलाई समेत सम्मानित गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि थापाले मोन्टी जिम क्लबको सम्पुर्ण सदस्यहरुलाई भाया नेट र आई पि टि.भी. को विभिन्न प्याकेजहरुमा विशेष छुट सहितको नेट प्याकेज दिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्