१२ बैशाख २०८१, बुधबार
Tags

अन्तर्राष्ट्रिय जैविक विविधता दिवशमा सशस्त्र प्रहरी बेस क्याम्पमा वृक्षा रोपण

रणभूमी डेस्क आइतबार, जेठ ०८, २०७९

महोत्तरी / “बिल्डिंग ए शेयरड़ फ्यूचर फॉर आल लाइफ”को मूल नाराका साथ यस बर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवशको अवसरमा महोत्तरी जिल्लाको मटिहानी न.पा. स्थित सशस्त्र प्रहरी बेस क्याम्प परिसरमा आंप, लिची, कटहर, कागती, रुद्राक्ष र जामुन प्रजातीका गरु ७० गोटा विरुवाहरु रोपण सम्पन्न भएको छ ।

डि.व.का. महोत्तरी र टुटेश्वरनाथ साझेदारी वन समूहको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, वन कर्मचारी र पर्यावरण अभियंता सुरेश शर्मा को उपस्थितिमा कार्यक्रम संपन्न भयो त्यसैगरी आयोजक संस्थाहरु र डी एफ ओ बिनोद सिंह एएफओ मनीराम यादव, मनोज ठाकुर, बेचन ठाकुर साझेदारी वन व्यवस्थापन संयोजक श्याम किशोर चौधरी समेत को उपस्थिति थियो । यस कार्यक्रम मा जैविक विविधता दिवशको अवसरमा आज कम्तिमा एउट विरुवा रोपण गरी जैविक विविधताको संरक्षणमा आफ्नो सहभागिता सुनिश्चित गर्न श्री शर्मा ले आह्वान गर्नु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित