०८ बैशाख २०८१, शनिबार
Tags

बिओपी रानी द्वारा तिन बोरा अवैध औषधिजन्य सर्जिकाल सामान बरामद

रणभूमी डेस्क बुधबार, जेठ २५, २०७९

विराटनगर / भारत बाट अवैध तरिका बाट नेपाल ल्याई सुरक्षाकर्मीको आँखा छल्न एक ठाउँमा लुकाई राखेको ३ बोरा औषधि जन्य सर्जिकल सामग्रीहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगर पालिकाको १७ नं वडा बाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी बाट सप्रनानी मान बहादुर श्रेष्ठको नेतृत्वमा खटेको टोलीले तीन वटा बोरामा हाली नेपाल तर्फको सीमामा ल्याएर लुकाई राखेको अवस्था बुधवार विहान ७ बजेको समयमा औषधिजन्य सर्जिकल सामग्रीहरू वेवारिसे अवस्थामा फेला पारी भन्सर दाखिला गरेको छ । उक्त सामान हरुमा रू १ लाख ८ हजार मूल्य भएको पोली गलक्टन एन टेन १ हजार ८० थान, रू ५४ हजार मूल्य भएको पोलियामाईड नाईलन ५ सय ४० थान र रू १ लाख ८ हजार मूल्य भएको काटेज क्रोमिक १ हजार ८० थान लगाएत अन्य सामानहरु रहेको थियो ।

भारत बाट सुरक्षा कर्मीको आँखा छलेर सहजै रुपमा केही कुरा नेपाल भित्राउने अवस्था नरहेको हुनाले बुधवार विहान हुनु भन्दा अगाडी खुला सिमानाको फायदा उठाउँदै तस्करहरुले अंध्यारोको मौका छोपी अवैध रुपमा औषधि जन्य सामग्रीहरू नेपाल तर्फको सीमा भित्र ल्याएर सुरक्षा कर्मीको उपस्थितिलाई छल्ने किसिमले रघुपति जुटमिल नजिकैको सुनसान बाटोको छेउमा लुकाई राखेको शंकास्पद अवस्थामा बोराहरू गस्ती गर्ने क्रममा सशस्त्र प्रहरीले फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं ३ गण टंकी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले बताए ।

बरामद भएका सबै सामानको मुचुल्का गरी रू ३ लाख ५ हजार ६३४ रुपैयाँ मूल्यांकन गरेर तत्काल बिराटनगर भन्सार कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्