२० बैशाख २०८१, बिहिबार
Tags

रंगेलीको संसारी माई स्थानमा सरसफाई

रणभूमी डेस्क आइतबार, आषाढ ०५, २०७९

रंगेली / रंगेली नगरपालीकाको मुख्य पहिचान बनेको संसारी माई स्थानमा आईतवार नेपाल स्काउट रंगेलीले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा सरसफाई कार्यक्रम गरेका छन् ।

स्थानिय स्काउट कार्यालय रंगेलीले आयोजना गरेको वातावरणीय सरसफाइ तथा प्लाष्टिक जन्य फोहर व्यवस्थापन सम्बन्धी जनचेतना मूलक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रंगेलीको सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरीहरूको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

हुनत रंगेलीको आफ्नै इतिहास रहेपनि संसारी माई स्थान अहिले रंगेलीको परिचयको रुपमा प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय स्थलको रुपमा विकाश भईरहेको बेला सर सफाई पनि अति महत्वपूर्ण विषय भएको हुनाले जनचेतना मुलक कार्यक्रम संगसंगै मन्दिर परिसर भित्र तथा वरपर सरसफाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्काउट रंगेली बाट तीन जाना नेतृत्वकर्ता सहित २३ जना बाल बालिकाहरूको सहभागिता रहेको थियो भने सशस्त्र प्रहरी बल बिओपी रंगेली बाट सशस्त्र प्रहरी निरीक्षक कमाल अधिकारीको नेतृत्वमा सप्रनानि भाई काजी बस्नेत सहित १३ जना को समूह र इलाका प्रहरी कार्यालय रंगेली बाट प्रनानी पूजन लेप्चा को नेतृत्वमा ७ जनाको टोली सहभागी भई सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । त्यही रङ्गेली नगरपालिकाले संकलन गरिएको फोहोर व्यवस्थापन गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित