१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगरको बालेन शाह भनेर चिनाउँदै समाजसेवी फिरोज साह

रणभूमी डेस्क सोमबार, आश्विन ०३, २०७९

विराटनगर / एक समाजसेवी समाजसेवाकै क्रममा स्थानिय निर्वाचन २०७९ बाट देश कै राजधानी जस्तो ठाउँमा स्वतन्त्र रुपमा निर्वाचित भएका काठमाण्डौ महानगरमा पालिकाको मेयर बालेन साह सँग प्रेरित भई समाज परिवर्तन का लागि राजनीतिलाई आवश्यकता मानी विराटनगर -१३ निवासी फिरोज साह प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

फिरोज साह उम्मेदवारी घोषणा गर्नु अघि एक असल समाजसेवीको रुपमा चिनिने गरेका थिए। साहले काठमाण्डौ महानगर पालिकाको मेयर बालेन साह बाट प्रेरित भएर बालेन् पथमा बालेनको जस्तै भेषभुषामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरी चुनाव प्रचार प्रसारमा लागिपरेका छन् ।

नेपालमा नेपाली जनताले स्वतन्त्र उम्मेदवार बाट अपेक्षा गरेको परिवर्तनको लागि स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएका काठमाण्डौ का नगर प्रमुख बालेन साहले गरेको कार्यको प्रशंसा गर्दै फिरोज साह आफूलाई विराटनगरको बालेन सुन्न रुचाउँछन् र बालेन पथमै हिँडेर रानितिमा सक्रिय हुने फिरोज साहको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित