०७ बैशाख २०८१, शुक्रबार
Tags

सुन राख्ने बट्टा सहित तीनजना पक्राउ

रणभूमी डेस्क शनिबार, पुष १६, २०७९

विराटनगर / भारत बाट रातिको समयमा नेपाल ल्याउँदै गरेको ३ बोरा सुन राख्ने बट्टा अ.प्र.पोष्ट.मटेरुवा बाट खटेको प्रहरी टोलीले पक्राउ गरी जफत गरेर ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

अस्थाई प्रहरी पोस्ट मटेरुवा बाट खटेको टोलीले रातिको करिब साढे ११ बजेको समयमा विराटनगर -१८ स्थित खोक्साहा बाट बोरा र कार्टुनमा तीनजना मानिसहरुले नेपाल ल्याउँदै गरेकाे सुन राख्ने बट्टहरु पक्राउ गरेको थियो ।

सुन राख्ने बट्टाहरुमा ठुलो र सानो गरी १ लाख ६२ हजार रुपैया मूल्यांकन गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । साथै उक्त बट्टा नेपाल ल्याउँदै गरेकाे अवस्थामा पक्राउ परेका तीनजना मानिसहरूलाई समेत सामान सहित विराटनगर भन्सार कार्यालय रानीलाई बुझाउने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्