१४ बैशाख २०८१, शुक्रबार
Tags

श्रोत नखुलेको रकम सहित १ जना मोरङ्ग प्रहरीद्वारा पक्राउ

रणभूमी डेस्क बिहिबार, पुष २८, २०७९

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटेको टोलीले विराटनगर १८ बस्ने एक जना मानिसको साथबाट ७ लाख ९ हजार रुपैयाँ नगद र विभिन्न बैंकहरुको भाउचर, चेक तथा एटिएम कार्डहरू सहित नियन्त्रणमा लिएको छ ।

बुधवार जिप्रका मोरङ्ग बाट खटेको एक विशेष प्रहरी टोलीले शंकास्पद किसिमले हिड्दै गरेको अवस्थामा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १८ बस्ने बर्ष ३६ को रवी प्रकाश साहलाई पक्राउ गरी आवश्यक सोधपुछ तथा खानतलासी गर्दा साहको साथबाट श्रोत नखुलेको नगद रू. ७ लाख ९ हजार रुपैयाँ, बिभिन्न बैंकको डिपोजिट ६२ लाख ११ हजार २३५ रुपैयाँ बराबरको बैंकमा जम्मा गरेको भौचर १० थान, ६ लाख बराबरको काटिएको चेक २ थान, एटिएम कार्ड १४ थान र चेक बुक ९ थान फेला परेको थियो । साह चढेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्