०८ बैशाख २०८१, शनिबार
Tags

ओम शान्ति ज्वेलर्सका संचालक महेश साह द्वारा सुकुम्वासी वस्तीमा कम्बल वितरण

रणभूमी डेस्क शनिबार, पुष ३०, २०७९

विराटनगर / चिसोले कठ्याङ्ग्रिएर बस्नुपरेका करिब २ साय जना वृद्ध वृद्धा तथा सुकुम्वासी परिवारहरूलाई ओम शान्ति ज्वेलर्सका प्रोप्राइटर महेश साह स्वर्णकारले न्यानो लुगा कम्बल वितरण गरेको छ ।

जहिले पनि बाढी, महामारी, प्राकृतिक आपदा विपत होस् वा शितलहरको अप्ठ्यारो स्थितिमा महेश साह स्वर्णकार आफ्नी श्रीमती पिंकी साह स्वर्णकारलाई साथमा लिएर आफ्नो क्षमताले भ्याएसम्म पिडामा भएका मानिसहरुको लागि केही राहत हुने किसिमको सामानहरू बोकेर घरघर पुग्ने गरेका हुन्छन ।

सोही क्रममा यस वर्ष पनि विराटनगरमा बढेको अत्याधिक चिसोको कारण कठ्याङ्ग्रिएर बस्नु परेका वृद्ध वृद्धा तथा सुकुम्वासी परिवारका मानिसहरूलाई शरीर छोपेर ज्यान जोगाउन सहयोग गर्ने उद्येश्यले निरन्तर न्यानो लुगा वितरण कार्यमा साह दम्पती नै लागिपरेको छ ।

ओम शान्ति ज्वेलर्सका सञ्चालक महेश साह नेपाल सोनार समाजको मोरङ्ग जिल्ला अध्यक्ष समेत हुन । साह विराटनगरमा केही दिन देखि आफूलाई फुर्सद भएको बेला आफ्नो गाडीमा न्यानो लुगाहरू राखेर आफ्नो पत्नीलाई साथमा लिई बाटो घाटो, वस्ती, सडक, चौक, मन्दिर वरपर कोही जाडोमा कठङ्रिएर बसेका छन् भने त्यस्ता मानिसहरूलाई अबेर राति सम्म खोजी खोजी न्यानो लुगा पुर्याउने गर्दै आईरहेका थिए।

केही मानिसले विराटनगर महानगर पालिकाको – ८ नं वडा मा सिंहिया खिलाको किनारमा बसेका मानिसहरूको बारेमा साहलाई जानकारी गराएपछि साहले शनिवार सुकुम्वासी वस्तीमा बस्ने तथा अति विपन्न मारीक समुदाय, मुखिया समुदाय र मुस्लिम समुदायका मानिसहरूलाई न्यानो च्यादर, कम्बर र भुजा वितरण गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित