१२ बैशाख २०८१, बुधबार
Tags

कावा अध्यक्ष गुप्ता द्वारा सिएनआई महोत्स स्थल निरिक्षण, माघ १५ सम्म स्टलको काम सकिने

रणभूमी डेस्क शनिबार, माघ ०७, २०७९

विराटनगर / (सि.एन.आई) नेपाल उद्योग परिसंघ प्रदेश नं १ विराटनगरले माघ १९ गतेदेखि २८ गते सम्म आयोजना गर्ने सि एन आई एक्स्पोको स्थलगत निरिक्षण गरेको छ ।

विराटनगर स्थित शंकरपुरमार्गमा कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी सहितको सि एन आई एक्स्पोको नेपाल उद्योग परिसंघ प्रदेश नंः १ विराटनगरका कार्यवाहकअध्यक्ष देवेन्द्र गुप्ताको नेतृत्वमा गएको टोलीलले स्थलगत निरिक्षण गरेको हो ।

सि एन आई एक्स्पो स्थलमा अहिले घेरा बेरा र स्टल बनाउने काम भइरहेको छ । स्थलगत निरिक्षण गर्नुहुँदै कार्यवाहकअध्यक्ष गुप्ताले माघ १५ गते सम्मा एक्स्पो हुने स्थलको सवै काम सम्पन्न गर्ने बताउनुभयो ।

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूलनाराका साथ एक्स्पो आयोजना गर्न लागेको उहाँले जनाउनुभयो । एक्स्पोले औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायीक उत्पादन, पर्यटन क्षेत्रको विकास, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बिस्तार गर्ने उदेश्य रहेको छ । सि एन आई एक्स्पोमा स्वदेशी, तथा विदेशी, मुलुकहरु भारत, चिन, बंगलादेश, पाकिस्तानलगायतका अन्य मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता रहने छ । एक्स्पोमा आधुनिक ४ वटा डोम रहने छन्, भने ३ सय ५० वटा स्टल रहने छन् ।

यहाँ कमेन्ट गर्नुहोस्