१३ बैशाख २०८१, बिहिबार
Tags

मानव अधिकार तथा शान्ति समाज द्वारा ३४ जना दलित छात्राहरुलाई छात्रवृत्ति वितरण

रणभूमी डेस्क बुधबार, माघ २५, २०७९

विराटनगर / मानव अधिकार तथा शान्ति समाज नेपालले ३४ जना छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय अध्यक्ष रामकृष्ण बरालको अगुवाईमा कटहरी ७ स्थित जनता माविमा एक कार्यक्रमको आयोजना गरी मोरङ्ग जिल्लाको कटहरी गाउँ पालिका वडा नं ७ मा रहेको जनता माध्यमिक विद्यालय अध्यनरत २७ जना बालिकाहरूलाई र मोरङ्ग धनपाल थान गाउँ पालिका दादरबैरिया मा रहेको सरस्वती माध्यमिक विद्यालय अध्यनरत ७ जना बालिकाहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

‘छोरी पढाऔं गरिमा बढाऔं ‘ भन्ने नाराका साथ मानव अधिकार तथा शान्ति समाजले दोश्रो पटक दलित परिवारको ७ कक्षामा अध्यनरत छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।

छात्रवृति प्राप्त गर्ने छात्राहरुमा जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने नितिसा सरदार, रेनुकाकुमारी सरदार, रविनाकुमारी सरदार, खुस्बु सरदार, सिरिताकुमारी सरदार, अनुष्काकुमारी सरदार, ताराकुमारी सरदार, सविनाकुमारी सरदार, रीनाकुमारी सरदार, राधिकाकुमारी सरदार, अङ्किताकुमारी सरदार, अञ्चलकुमारी सरदार, मनिताकुमारी सरदार, निर्जला ऋषिदेव, आसिकाकुमारी सरदार, जानकीकुमारी सरदार, मञ्जुकुमारी सरदार, दीपाकुमारी सरदार, अनुकुमारी सरदार, दुर्गाकुमारी सरदार, अम्बिकाकुमारी सरदार, निकिताकुमारी सरदार, सम्झनाकुमारी सरदार भूमिकाकुमारी सरदार, एलिनाकुमारी सरदार, सलिनाकुमारी सरदार र सङ्गीताकुमारी सरदार रहेकी छिन् भने श्री सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरु मन्दिराकुमारी ऋषिदेव, रुपाकुमारी ऋषिदेव, अनामिका पासवान, सन्तोषी सरदार (क), सन्तोषी सरदार (ख), चन्दाकुमारी पासवान र पवितकुमारी सरदारले जनही रु १२ हजार रुपैयाँको दरले छात्रवृति प्राप्त गरेकी छिन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित