०८ बैशाख २०८१, शनिबार
Tags

सीएनआई कोसी एक्स्पो: जिडी गोयन्का स्कुलले चित्रकला प्रतियोगीता गर्दै

प्रथम हुनेले ३ लाख ६० हजारको छात्रबृत्ति पाउने

रणभूमी डेस्क शनिबार, माघ २८, २०७९

विराटनगर / विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा स्टल नम्बर ‘एम-२’ मा रहेको जिडी गोयन्का पब्लिक स्कुल पूर्णिया शनिबार चित्रकला प्रतियोगीताको आयोजना गरेको छ । विराटनगर-२ शंकरपुरस्थित एक्स्पो स्थलभित्रै चित्रकला प्रतियोगीता हुने जनाइएको छ ।
चित्रकलामा प्रथम हुने विद्यार्थीले ३ लाख ६० हजार, द्वितीय हुनेले १ लाख ८३ हजार र तृतीयले ९१ हजार ६०० रुपैयाँ छात्रबृत्ति प्राप्त गर्ने स्कुलकी शिक्षिका अंकिता सोमले जानकारी दिइन् ।

गुणस्तरीय शिक्षाको खोजीमा भारतकै दार्जिलिङसम्म पुग्ने विराटनगर, इटहरी र धरान लगायतका शहरका नेपाली विद्यार्थीहरुलाई समेत लक्षित गरेर पूर्णियामा ६ बर्षअघि यो विद्यालय खुलेको थियो । एक्स्पोमा पनि सहभागीता जनाएको स्कुलले आयोजना गर्न लागेको चित्रकला प्रतियोगीतामा ६ देखि ९ बर्ष र १० देखि १४ बर्ष उमेर समुहमा प्रतियोगीता गर्न लागेको जनाइएको छ ।

चित्रकलामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुले जिडी गोयन्का पब्लिक स्कुलमा भर्ना भएपछि छात्रबृत्ति प्राप्त गर्नेछन् । छात्रबृत्ति अन्तरगत स्कुलको फि, होस्टल फि लगायतका सवै शुल्क निशुल्क हुने जनाइएको छ ।

त्यसैगरी नेपाली विद्यार्थीहरुका लागि ५० प्रतिशत भर्ना शुल्क छुट गरिएको शिक्षिका शोभा रौनियारले जानकारी दिइन् । उनले विद्यालय आवासीय रुपमा संचालन भएकोले विराटनगरमा रहेका अभिभावकहरुले आफ्ना बालबच्चाको नियमित भेटघाट रेखदेख गर्नसक्ने जानकारी दिइन् ।

चित्रकला प्रतियोगीता शनिबार विहान १० बजेदेखि १२ बजेसम्म आयोजना हुने जनाइएको छ । एक्स्पो स्थलमा रहेको स्कुलको स्टलबाट प्रतियोगीतामा सहभागीता जनाउने फर्म भर्न सकिने सुविधा रहेको छ ।

६ देखि ९ बर्ष उमेर समुहका विद्यार्थीहरुले ‘सपनाको नेपाल बनाऔं’ र ‘नेपाली पर्व’ शिर्षकमा चित्रकला कोर्नुपर्ने तथा १० देखि १४ बर्षका विद्यार्थीले ‘आकास सीमा हो अर्थात स्काई इज द लिमिट’ शिर्षकमा चित्रकला बनाउनु पर्ने जनाइएको छ । विद्यार्थीले एफोर साइजको ड्रोइङ पेपर र रंगहरु आफैं लैजानुपर्ने शिक्षिका सोमले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्