२३ भाद्र २०८२, मंगलबार
Tags

विराटनगरमा जेनजी प्रदर्शनका कारण दुई दिन विद्यालय बन्द

रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

विराटनगर / विराटनगरमा जेनजी आन्दोलन उग्र बनेसँगै स्थानीय विद्यालयहरू दुई दिनका लागि बन्द हुने भएका छन्। मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुष्टि गरेका छन्।

जिल्ला प्रशासनले सरोकारवालासँगको बैठकपछि भोलि (मंगलबार) र पर्सि (बुधबार) विद्यालय बन्द गर्ने निर्णय गरेको हो। यादवका अनुसार, सामान्य स्कुल भोलि मात्रै बन्द हुनेछ भने प्लस टु तहका विद्यालय पर्सिसम्म बन्द रहन्छ।

जेनजीको आन्दोलन उग्र बन्दै गएपछि निजी विद्यालय सञ्चालक संगठन प्याब्सन र हिसानले विद्यालय बन्दका लागि प्रशासनसँग पहल गरेका थिए। प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले पनि आन्दोलनका कारण विद्यालय सञ्चालन असम्भव भएको बताएका छन्। उनले भने, “विराटनगरमा दुई दिन विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ। काठमाडौं उपत्यकामा पनि निर्णय आउन सक्ने सम्भावना छ, तर हाल वातावरण विद्यालय सञ्चालनको लागि अनुकूल छैन।”

त्यसैगरी, निजी विद्यालय सञ्चालकहरूले पनि विद्यार्थी र शिक्षकको सुरक्षा मुख्य प्राथमिकता भएको बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्