०७ बैशाख २०८१, शुक्रबार
Tags

एनएमबी लघुवित्तले दिए कर्मचारी क्षमता अभिवृद्धि तथा सम्पत्ती शुद्धिकरण सम्बन्धी तालिम

रणभूमी डेस्क आइतबार, फाल्गुण ०७, २०७९

विराटनगर / एनएमबी लघुवित्त बित्तिय संस्था लिमिटेडले प्रदेश एक अन्तर्गतका शाखाका कर्मचारीहरुलाई अभिबृद्दी तथा सम्पत्ती शुद्धिकरण सम्बन्धी तालिम दिएको छ ।

संस्थाले प्रदेश १ अन्तर्गतका शाखा हरुमा कार्यरत सम्पूर्ण कर्मचारिलाई कर्मचारी क्षमता अभिवृद्धि तथा सम्पत्ती शुद्धिकरण सम्बन्धी तालिम दिएको एनएमबी लघुवित्तका कर्मचारी बिरेन्द्र शर्माले जानकारी दिएका छन ।

एनएमबी लघुवित्तको केन्द्रिय कार्यालयले फाल्गुन २ गते देखि आयोजना गरेको उक्त तालिम ५ गते सम्पन्न भएको हो । तालिम विर्तामोड र इटहरी गरि दुई स्थानमा सञ्चालन भएको थियो ।

सोही तालिमको अवसरमा संस्थाले किसानहरूलाई लक्षित किसान सिरिजका कर्जाहरु समेत घोषणा गरेको छ । सो कर्जाबाट किसानले व्यवसायको पुर्वाधार निर्माण देखि सम्पत्ती जोड्न समेतका लागि कर्जा पाउने छन भने व्यवसायको प्रकृतिका आधारमा भुक्तानी गर्न पाउने छ ।

यसबाट किसानलाइ व्यवसाय सञ्चालनमा सहज हुने संस्थाले विश्वास लिएको छ । तालिममा संस्थाका केन्द्रिय कार्यालयको विभिन्न विभागका प्रमुख, प्रदेश कार्यलय तथा क्षेत्रीय कार्यालयका कर्मचारिहरुले सहजीकरन गरेका थिए । यसरी सञ्चालन भएको तालिममा प्रदेश १ अन्तरगतका १४ जिल्लामा रहेका ३६ वटा शाखाका १२० जना कर्मचारिको सहभागिता जनाएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्