२७ बैशाख २०८१, बिहिबार
Tags

जिउ फिटिंग कपडा तस्करी गर्नेको बिगबिगी, महिला तथा बालबालिकाको प्रयोग बढी

रणभूमी डेस्क सोमबार, भाद्र ०४, २०८०

विराटनगर / केही दिन देखि सुनसान बनेको विराटनगर भन्सार कार्यालयको रानी नाकामा कडाई गरेपछि अहिले व्यापारीहरूले महिला तथा बालबालिकाहरुलाई व्यापक रुपमा प्रयोग गरी जिउ फिटिंग गरी कपडा तस्करी गराउने गरेका छन् । जस कारणले गर्दा पुरुष सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको छ ।

झट्ट हेर्दा सुरक्षाकर्मीले दमन गरेको जस्तो देखिए पनि यथार्थमा त्यस्तो नभई केही व्यापारीले न्यून शुल्क दिई दैनिक त्यस्ता महिला तथा बालबालिकाहरुलाई परिचालन गरेको देखिन्छ । जसबाट केही व्यापारीहरु ले मात्र लाभ लिने गरेका छन् ।

विराटनगर महानगर पालीकाको १४,१५,१६,१७ र १८ नं वडामा बसोबास गर्ने मानिसहरूको नजिकैको बजार जोगवनी भएको कारणले गर्दा साझको समयमा सीमावर्ती एरियामा अलिकति चहल पहल नै देखिन्छ तर व्यापारीहरूले रेल आएको समयमा हुने भिड भाडको फायदा उठाउदै त कहिले सर्वसाधारणको भिडभाडको अवस्थामा मौका छोपी सामान ओसार्ने गरेका छन् ।

यस कारणले हुन्छ बल प्रयोग
सिमामा कपडा ओसार्ने महिला तथा बालबालिकाहरुलाई सुरक्षाकर्मीहरुले रोक्न खोज्दा बल प्रयोग समेत गर्नुपर्ने घटनाहरू जहिले देख्न सकिन्छ । कहिले काही ती महिला बालबालिकाहरु घाइते हुन्छन् भने कहिले महिला सुरक्षाकर्मीहरु । नाकामा पुरुष सुरक्षाकर्मीको तुलनामा महिला सुरक्षाकर्मीको संख्या न्यून भएको र व्यापारीले परिचालन गरेको महिलाहरुले महिला सुरक्षाकर्मीहरुलाई चेपने गरेका छन् । सोही ठाउँमा महिला सुरक्षाकर्मी माथि बल प्रयोग भएपछि पुरुष सुरक्षाकर्मीहरु समेत भिड्नुपर्ने बाध्यता रहिआएको छ ।

कसले परिचालन गरेकाे हो महिला तथा बालबालिकालाई
महिला तथा बालबालिकाहरुलाई कपडा ओसार्न प्रयोग गर्ने व्यापारीहरु देखा पर्दैनन् सीमामा जसले गर्दा क-कसले त्यस्तोलाई प्रयोग गरेको हो भनी चिन्न गाह्रो हुनेगरेको छ ।

खाद्यान्न सामग्रीको काटीदैन भन्सार, सामान जफत हुने जोखिम उच्च
जोगवनीबाट खरिद गरी नेपाल ल्याएको सामानहरुमा खाद्यान्न सामग्रीको क्वारेन्टाइन जाँच बेगर भन्सार काट्न नमिल्ने हुनाले भारतबाट नेपाल आउँदा जोकोहि सर्वसाधारणहरुलाई पनि सुरक्षाकर्मीले भन्सारमै रोक्ने गरेका छन् । सुरक्षाकर्मीलाई प्राप्त निर्देशन अनुसार भन्सार प्रज्ञापन पत्र बिना कसैलाई सामान भित्राउन निषेध गरिएको छ जस कारणले सर्वसाधारणको सामान जफत समेत हुनसक्ने जोखिम उच्च रहन्छ ।

विराटनगर भन्सार कार्यालय रानीमा यात्रुहरुको लागि खाद्यान्न सामग्रीको क्वारेन्टाइन जाँच गर्ने व्यवस्था छैन जसले गर्दा धेरै सर्वसाधारणलाई समस्या हुनेगरेको छ। नेपाली बजारमा भन्दा भारतको बजारमा सामान सस्तो पाईन्छ भन्ने हल्लाको भरमा जोखिम मोललिएर नेपालीहरु लोभिएर जोगवनी पुग्ने गरेका छन् ।

भन्सार नाकामा देखिने साना साना सामान ओसार्ने मानिसहरूको अवस्था पनि दयनीय रहेको छ ।

रोजगारी आभावको कारण हातमुख जोड्ने मानिसहरू अन्तिम विकल्पको रुपमा केयरिङ गर्ने गरेको छ। केयरिङ गर्ने मानिसहरूको सामान धेरै पटक जफत भएको हुनाले अहिले प्राय जसो मानिसहरूले साउ को ऋण तिर्दै बस्नुपर्ने बाध्यता छ भने धेरै जनालाई लघुवित्तको ऋण तिर्नुपर्ने बाध्यताले हातमुख जोड्न समेत समस्या रहेको केयरिङमा संलग्न मानिसहरू बताउँछन् ।

सीमा नाकामा कडाई भएपछि सीमावर्ती एरियामा चोरी को घटनाहरूमा समेत वृद्धि हुनेगरेको छ ।

नाकामा कडाई पछि  धेरै व्यवसायिहरुलाई गर्यो प्रभावित
नाकामा कडाई गरेपछि सीमावर्ती एरियामा नेपालमै पनि सबै व्यवसायीहरुलाई यसले असर गरेकाे छ । अटो, सिटी सफारी, चिया नास्ता पसल, छोला चाउमिन बेच्ने ठेला, मिनी बस, किराना पसल, चाइना मार्केट, होटल व्यवसाय गर्ने हरेकलाई प्रभावित गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्