२७ बैशाख २०८१, बिहिबार
Tags

अस्पष्ट, नबुझिने नम्बर पुनर्लेखन कार्य गर्दै रानी ट्राफिक प्रहरी

रणभूमी डेस्क बिहिबार, पुष १९, २०८०

विराटनगर / सवारी साधन मोटरसाईकलमा नबुझिने अस्पष्ट नम्बर भएका सवारीसाधनहरु ट्राफिक प्रहरीले नियन्त्रणमा लिई नम्बर पुनर्लेखन कार्य थालेको छ ।

ट्राफिक प्रहरीले बेला बेलामा गर्ने जनचेतना मुलक कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ को सहयोगमा ट्राफिक प्रहरी पोस्ट रानीले केरमेट भएका, नबुझिने, मेटिएका र अस्पष्ट नम्बर भएका सवारीसाधनहरु रोकेर त्यस्ता सवारीसाधनको नम्बर पुनर्लेखन गर्ने कार्य गरिरहेको छ ।

कहीं कतै दुर्घटना हुँदा नम्बर नभुझिएर अपराधी समाउन गर्हो हुने भएकोले लाईल्सेन्स, बिलबुक चेक जाँच सरह नबुझिने नम्बरहरु पनि निगरानी गर्दै आईरहेको र त्यस्तो पाइए पुनर्लेखन गर्ने लगाउने अथवा नियम अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने ट्राफिक प्रहरी पोस्ट रानी प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्