१८ बैशाख २०८१, मंगलबार
Tags

८ नं वडाका सामुदायिक विद्यालयहरुमा योग कार्यक्रम शुरु

रणभूमी डेस्क बिहिबार, पुष २६, २०८०

विराटनगर / विराटनगर महानगरपालिका वडा नं ८ ले वडाभित्रका सामुदायिक विद्यालयहरुमा योग कार्यक्रम शुरु गरेको छ । पहिलो चरणमा वडा भित्रका ४ वडा सामुदायिक विद्यालयहरुलाई लक्षित गरि विद्यालयमा योग कार्यक्रम शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

योगका माध्यमबाट विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारिरीक रुपमा स्वस्थ राख्ने उद्देश्य सहित वडाले विद्यार्थी लक्षित कार्यक्रम शुरु गरेको उहाँले बताउनुभयो । अभियान अन्र्तगत ज्ञान निकुञ्ज आधारभुत विद्यालयमा ५ दिने योग शिविर सम्पन्न भएको छ ।

पतञ्जली योग समिति मोरङ, महिला पतञ्जली योग समिति मोरङसँगको सहकार्यमा शुरु कार्यक्रम अन्र्तगत वडा नं. ८ का शुशिक्षा निकुञ्ज विद्यालयमा माघ ७–१२, महेन्द्र माविमा माघ १३–१८, र मदर्शा तालिमुल कुरानमा माघ २०–२५ सम्म ५÷५ दिने योग शिविर सञ्चालन गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

ज्ञान निकुञ्ज आधारभुत विद्यालयको समापन कार्यक्रममा वडाध्यक्ष पोखरेलले विद्यालय तथा समुदायमा योग विषयलाई अघि बढाउन आफु प्रयत्नशिल रहने बताउनुभयो । विद्यालयमा योग शिक्षाको नयाँ अवधारणाको परिकल्पना आफ्नो वडाबाट शुरु गरिएको र सो कार्यमा पतञ्जली योग समितिले सहकार्य गरेकोमा धन्यवाद दिनु भएको थियो ।

पतञ्जली योग पीठ नेपालकी आजिवन सदस्य तथा महानगर समिति विराटनगर अध्यक्ष शिल्पा प्याकुरेलको सभापतित्वमा भएको समापन कार्यक्रममा वडा नं. ८ का सदस्यहरु ताराकुमारी राय , भुवन राजवंशी, पवित्रा विश्वकर्मा, मो.अब्बास, वडा कार्यालय सचिव मनोज मल्लिक, विद्यालयका शिक्षक शिक्षिका, पतञ्जली मोरङ अध्यक्ष सुरेशकुमार अग्रवाल, आजिवन सदस्य चन्द्रमणी गुरागाई, महिला पतंजली योग मोरङकी प्रतिनिधि सरस्वती दाहाल, महानगर समितिका महासचिव प्रल्हादप्रसाद दङ्गाल, संगठन सचिव हरि भट्टराई, सदस्यहरु जुना नेपाल, चक्रप्रसाद लुईटेल, योग शिक्षक केवलराम कोईराला, उमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्