१५ बैशाख २०८१, शनिबार
Tags

गौरब बचत तथा ऋण सहकारी संस्थाद्वारा निःशुल्क स्वास्थ जाँच शिविर, ३६५ जना भन्दा बढीले लिए सेवा

रणभूमी डेस्क आइतबार, माघ २८, २०८०

विराटनगर / विराटनगरको मिल्स एरियामा १६ वर्ष देखि सेवा दिई रहेको गौरब बचत तथा ऋण सहकारी संस्थाले विराटनगर १५ मा निःशुल्क स्वस्थ शिविर सम्पन्न गरेको छ। जसमा ३ सय ६५ जना भन्दा बढी मानिसहरूले स्वस्थ जाँच गराई स्वस्थ लाभ लिएका छन् ।

सहकारी संस्थाले आफ्नै कार्यालय परिसरमा सप्तकोशी अस्पताल, हाम्रो अस्पताल र भास्कर आई केयर अस्पताल सँग समन्वय गरी शनिवार निःशुल्क स्वास्थ शिवर सञ्चालन गरेको थियो ।

हाड जोर्नी, मधुमेह, रक्तचाप, रगत जाँच लगायत का विभिन्न जाँचहरु सप्तकोशी अस्पताल को चिकित्सक डा. अरविन्द साह, हाम्रो अस्पताल बाट डा. अरुण साह र भास्कर आई केयर बाट डा. भास्कर कुमार झा सहितको वरिष्ठ चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क ल्याब सेवा तथा औषधी समेत वितरण गरेका थिए ।

आगामी दिनहरुमा पनि यस्ता किसिमका सामाजिक कार्यक्रमहरु ल्याउने गौरब बचत तथा ऋण सहकारी संस्थाको संचालक गौरब सिंहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित