०८ चैत्र २०८१, शनिबार
Tags

होली पर्वमा सचेतना अभियान चलाउँदै ट्राफिक प्रहरी पोष्ट रानी

रणभुमी डेस्क बिहिबार, फाल्गुण २९, २०८१

विराटनगर / जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गको सहकार्यमा ट्राफिक प्रहरी पोष्ट रानीले होली पर्वको अवसरमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ।
विगतका वर्षहरुमा होली पर्वमा भएका दुर्घटनाहरुलाई मध्यनजर गर्दै यस वर्षको होलीमा सुरक्षित यात्राको सुनिश्चितता गर्न यो अभियान चलाइएको हो। अभियान अन्तर्गत प्रहरीले मदिरा, गाँजा, भङ्ग लगायतका मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन नचलाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
ट्राफिक प्रहरी नायब निरीक्षक मनमोहन पौडेलको निर्देशनमा सञ्चालित यस अभियानमा प्रहरीले रानी क्षेत्रका विभिन्न स्थानहरुमा माइकिङ गरेका छन्। भन्सार चौक, रामजानकी चौक, आँखा अस्पताल चौक, झमेली चौक, भट्टीमोड, हड्ताली हाट, जुटमिल गेट, हुलास चौक, चाइना मार्केट, आईसीपी र हनुमान मन्दिर लगायतका भीडभाड हुने ठाउँहरुमा प्रहरीले सिटी सफारीमा घुमेर जिंगल बजाउँदै सचेतना फैलाएका छन्।
यस प्रकारको अभियानले होली पर्वमा हुनसक्ने सम्भावित दुर्घटनाहरु न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्