१८ बैशाख २०८१, मंगलबार
Tags

विराटनगरमा अहिले सम्मको ताजा अपडेट

रणभूमी डेस्क सोमबार, जेठ ०२, २०७९

विराटनगर / विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । जस्मा १६९४० मत गन्दा को मतपरिणाम यस्तो रहेको छ ।

विराटनगर महानगर पालिकाको काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले ५५३२, एमाले उम्मेदवार सागर थापाले ३९७४, स्वतन्त्र उम्मेदवार उमेश यादवले १७५६ मत प्राप्त गर्नुभएको छ भने राप्रपा उम्मेदवार प्रह्लाद साहले १०१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ४५६३, जसपा उम्मेदवार अमरेन्द्र यादवले ३१७५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९५८ मत ल्याएको बुझिएको छ भने राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले १२२२ मत ल्याएकी छिन् ।

मेयरको उम्मेदवार नागेश कोइराला र सागर थापाबीच १५५८ मतको फरक छ भने उपमेयरमा अमरेन्द्र यादव र शिल्पा कार्कीमा १३८८ मतको फरक रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्