१८ बैशाख २०८१, मंगलबार
Tags

मुख्यमन्त्री कार्यालय अगाडि सिलिण्डर तेर्साएर चर्को मूल्यवृद्धिको विरोध

रणभूमी डेस्क बुधबार, जेठ ११, २०७९

विराटनगर / पेट्रोलिय पदार्थ तथा खाना पकाउने एलपी ग्यास भएको चर्को मूल्यवृद्धिको विरोध गर्दै आम उपभोक्ता तथा नागरिक समाजले साङ्केतिक बिरोध गर्दै प्रदेश नं १ का मुख्य मन्त्री कार्यालय अगाडि सिलिण्डर तेर्साएर विरोध जनाएका छन् ।

आम उपभोक्ताहरुलाई सोझै मार पर्ने खाना पकाउन अति आवश्यक एलपी ग्यास र पेट्रोल डिजेल, मट्टितेलमा सरकारले गरेकाे चर्को मूल्यवृद्धिको विरुद्धमा मुख्य मन्त्री कार्यालय अगाडि सिलिण्डर तेर्साएर विरोधमा उत्रिन बाध्य भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्