१९ बैशाख २०८१, बुधबार
Tags

हाँस्क कलाकार मनोज गजुरेलले गरे एक्स्पोका सवै स्टलको अवलोकन (फोटो फिचर)

रणभूमी डेस्क बुधबार, माघ २५, २०७९

विराटनगर / नेपालको लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेलले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका सवै स्टलहरुको स्थलगत अवलोकन गरेका छन् । कलाकार गजुरेलले मंगलबार साँझ आफ्नो प्रस्तुति समेत दिएका थिए ।

उनले उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजना गरिने हरेक मेला महोत्सव र एक्स्पोहरुमा जाने कलाकारहरुले आफ्नो कला प्रस्तुतिका साथै स्टलहरुको पनि अवलोकन गरिदिए व्यवसायीहरुलाई उत्प्रेरणा हुने बताएका थिए । आफ्नो धारणा अनुसार नै बुधबार उनले एक्स्पोका स्टलहरुमा राखिएका उत्पादनको प्रवद्र्धन गर्दै अवलोकन गरेका छन् ।

एक्स्पोमा रहेको अटोमोबाइल्स पेभेलियनसहित पाँचवटा मुख्य पेभेलियन रहेका छन् । ती पेभेलियनभित्र ३७० वटा स्टल रहेका छन् । जसमध्ये घरेलु तथा साना उद्यमीहरुले मात्रै ७२ वटा स्टल राखेका छन् । कलाकार गजुरेलले स्टलहरुको अवलोकन गर्दै विभिन्न उत्पादनहरुको जानकारी लिएका थिए ।

एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष देवेन्द्र गुप्ता, सहसंयोजक गिरीजा सारडा लगायतको आयोजक समितिका पदाधिकारीहरुले स्टलहरुको बारेमा जानकारी गराएका थिए ।
अध्यक्ष घिमिरेले गजुरेलकै सुझाव अनुसार हरेक कलाकारहरुलाई एक्स्पोका स्टलहरुमा समेत अवलोकन गराउने जानकारी दिए । उनले कलाकारहरु स्टलमा पुग्दा उद्यमीहरुलाई हौसला र प्रोत्साहन मिल्ने बताए ।
फोटोहरु छन् ।

यहाँ कमेन्ट गर्नुहोस्