०६ माघ २०८२, मंगलबार
Tags

विराटनगरमा संयुक्त गठबन्धनका तर्फबाट नरेश कुमार लाभ चुनावी मैदानमा

रणभूमी सम्वाददाता मंगलबार, माघ ०६, २०८२

विराटनगर / राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालको संयुक्त समर्थनमा मोरङ क्षेत्र नं. ५ बाट नरेश कुमार लाभ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।

चुनावी प्रचार सामग्रीमार्फत लाभले आफूलाई भ्रष्टाचार, बलात्कार र तस्करीविरुद्ध लड्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। उनले विगत वर्षमा देशमा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै अब सही विकल्प रोज्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रचार सामग्रीमा ‘जाँतो’ चुनाव चिह्नलाई मतदान गर्न आह्वान गरिएको छ। “जाँतोमा भोट, भ्रष्टाचारीलाई चोट” भन्ने नारासहित उनले जनताको पक्षमा इमानदार राजनीति गर्ने प्रतिबद्धता जनाएका छन्।

लाभले यदि आफू विजयी भएमा सुशासन, न्याय र आम नागरिकको हकहितका लागि निरन्तर आवाज उठाउने बताएका छन्। मोरङ–५ मा गठबन्धनका उम्मेदवारका रूपमा उनको उम्मेदवारीले स्थानीय राजनीतिक माहोल थप सक्रिय बनेको छ।

यहाँ कमेन्ट गर्नुहोस्