०१ फाल्गुण २०८२, शुक्रबार
Tags

विराटनगर सीमामा निर्वाचन लक्षित कडा सुरक्षा चेकजाँच

रणभूमी सम्वाददाता बिहिबार, माघ २९, २०८२

विराटनगर / निर्वाचनलाई लक्षित गर्दै विराटनगरको सीमावर्ती क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारिएको छ। हातहतियार, विस्फोटक पदार्थ, लागुऔषध र भारतबाट अवैध रूपमा भित्रिने मुद्रालाई लक्षित गर्दै नाकामा चेकजाँचमा कडाइ गरिएको हो।

इलाका प्रहरी कार्यालय रानी विराटनगर र ईलाका प्रहरी कार्यालय रानी सीमाको अगुवाइमा कोशी प्रदेश प्रहरी कार्यालयको के-नाइन शाखा विराटनगरबाट साइबा र सागर नामक दुई कुकुरसहित प्रहरी टोली सीमावर्ती क्षेत्रमा चेकजाँचमा खटिएको छ।

प्रहरीका अनुसार साइबाले हातहतियार र विस्फोटक पदार्थ पत्ता लगाउने काम गर्छ भने सागरले लागुऔषध पत्ता लगाएर संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिन मद्दत गर्छ। निर्वाचनको संवेदनशील अवधिमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन यी विशेष तालिमप्राप्त कुकुरको प्रयोग गरिएको हो।

त्यसैगरी प्रहरीको सुक्षम चेकजाँचले अवैध रूपमा भित्रिने मुद्रा र प्रतिबन्धित सामानहरूमा निगरानी गर्ने गरेको छ। स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सीमा क्षेत्रमा यस्तो विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्