रणभूमी सम्वाददाता आइतबार, मंसिर ०७, २०८३
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ शनिश्चरे बजारबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित श्रीमान्–श्रीमती पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंसिर ५ गते दिउँसो करिब ४ः२० बजे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले स्थानीय कैलाश तामाङको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरको कोठाभित्र लुकाइछिपाइ राखिएको ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ, नेपाली नगद १२ हजार ९२५ रुपैयाँ र NITZASCENT-10 लेखिएको १३ पत्तामा रहेका १२८ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा २४ वर्षीय कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।