११ बैशाख २०८१, मंगलबार
Tags

विराटनगर-७ को अध्यक्ष पदको उम्मेदवार लुनीयालाई मारवाडी युवाहरुको साथ

रणभूमी डेस्क बिहिबार, बैशाख १५, २०७९

विराटनगर / जनता समाजवादि पार्टि जसपाबाट बिराटनगर महानगरपालिका वडा नं ७ का वडा अध्यक्षको उम्मेदवार बनेका सत्य प्रकाश लुनिया जनता माझ लोकप्रिय बन्दै गएका छन् । मारवाडी समुदायका लुनियालाई सबैले यस पटक साथ दिनु पर्ने मारवाडी युवाहरुले रणभूमी डटकमलाई बताएका छन् ।

सामाजिक क्षेत्र संगै व्यवसायमा पनि निकै नै सक्रिय रहेका लुनिया विभिन्न संघ सस्थासंगमा समेत अग्रनिय भुमिकामा छन् । राजनीतिलाई सामाजिक सेवाको रुपमा बयाख्या गर्ने लुनियाले यस पटकको स्थानिय निर्वाचनमा आफुले राम्रो रिजल्ड ल्याउनेमा ढुक्क छन् ।

बिराटनगर -७ जसपाबाट लुनिया सिंगल मैदानमा उत्रेका छन् उनले अन्य पार्टीबाट समेत साथीहरुले सदस्य पदमा उम्मेदवारी दिएको कारणले आफ्नो पार्टीबाट अध्यक्ष पदमा मात्र उम्मेदवारी दिएको बताए । आपसी छलफल गर्दै अन्य राजनितिक दलबाट उम्मेदवार साथीहरुले आफुलाई सघाउने लुनियाले रणभूमी डटकमलाई बताए ।

आफु निर्वाचित भएपछि सरकारले दिने कुनै पनि तलब भत्ता नलिने तथा सरकारले प्रदान गर्ने सरकारी सवारी साधान समेत प्रयोग नगर्ने लुनियाले बताए ।

म जनताको सेवा गर्न राजनीतिमा आएको हु मेरो कुनै ब्यक्तिगत स्वार्थले राजनीतिमा आएको होईन । देश र जनताको सेवा गर्ने रहर सानै उमेरदेखि थिय। सामाजिक कार्य गर्दै आफ्नो रहर पुरा गर्दै थिए तर बिराटनगर -७ मा जनताले अपेक्षा गरेको कार्यहरु कुनै पनि दलले नगरेपछि म राजनीतिमा आएको छु । केहि सुधार अवश्य गर्ने छु, यो मेरो प्रण हो लुनियाले भाबुक हुदै भने ।

यहाँ कमेन्ट गर्नुहोस्