१५ बैशाख २०८१, शनिबार
Tags

विराटनगरमा छात्राहरुलाई एक दिने आत्मरक्षा तालिम

उषा सरदार शुक्रबार, आषाढ १०, २०७९

बिराटनगर / अम्बे मुरारी सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी बिराटनगरको संयुक्त आयोजनामा छात्राहरुलाई एक दिने आत्मरक्षा तालिम दिएको छ ।

 

दिनानुदिन बढदै गईरहेको महिला हिंसा तथा यौन हिंसाको सिकार हुन बाट वचन छात्राहरुलाई आफनो सुरक्षा आफै गराउने उदेश्यले एक दिने कराते सम्बन्धि आत्मरक्षा गर्ने शारीरिक अभ्यास गराएको हो । उक्त तालिममा बिराटनगरका आदर्श उच्च मा बि , महेन्द्र मा बि बालबालिका बोर्डिङ स्कुल र श्री सुशिक्षा निकुञ्ज सहित ४ वटा बिद्यालयका ८ देखि ११ कक्षा सम्माका ५-५ जना का दरले २० जना छात्रा सहभागी रहेका थिए । कार्यक्रममा मोरङ कराते प्रशिक्षक बिनोद राउत लगायत पोखरिया कराते डेजो बिराटनगरका सिनियर खेलाडीहरुका टिमले सेल्फ डिफेन्सको शारीरिक अभ्यास गराउनु भएको थियो ।

छात्राहरु शारीरिक हिंसामा परेको बेला आफुले आफैलाई सुरक्षित गराउन सकोस भन्ने उदेश्यले सेवा केन्द्रले एक दिने आत्मरक्षाको तालिम आयोजना गरेको अम्बे मुरारी सेवा केन्द्रका महासचिव गंगा प्रसाद यादवले बताउनु भयो । उहाले येस्तो तालिमले बालबालिकाको आत्मबल बढाउने भएकोले एस्तो कार्यक्रम हरेक बिद्यालय स्तरमा गर्न सुझाब दिनु भयो ।

अम्बे मुरारी सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र द्वारा आयोजना गरेको छात्राहरुलाई आत्मरक्षा तालिम बिराटनगरमा पहिलो भएको सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशीले बताउनु भयो । जोशिले कार्यक्रमको ब्यानर बढेर उदघाटन गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व अम्बे मुरारी सेवा केन्द्रकि संस्थापक अध्यक्ष भारती उपाध्यायले गर्नुभएकी थिईन ।

यहाँ कमेन्ट गर्नुहोस्