०४ बैशाख २०८१, मंगलबार
Tags

जहदा गाउँपालिकामा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता समपन्न

रणभूमी डेस्क शुक्रबार, भाद्र ३१, २०७९

विराटनगर / मोरङ जिल्लाको जहदा गाउँपालिकामा गउँपालिका स्तरीय हाजरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

जहदा गाउँपालिका वडा नम्बर दुईको आयोजनामा र नव बुद्ध युवा क्लब जहदा-२ को समन्वयमा बुधबार ५८ औं राष्ट्रिय वाल दिवसको अवसरमा श्री बौरीया माध्यमिक विद्यालय जहदा-२ को प्रङ्गणमा सम्पन्न भएको हो ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि, ज्ञान सुधार, प्रतिष्पर्धी बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताका लागि तैयार गर्ने उदेश्यले यस हाजरी जवाफ प्रतियोगिताको आयोजना गरिएको नव बुद्ध युवा क्लब जहदा-२ का अध्यक्ष अभय मगरले बताए ।

प्रमुख अतिथी जहदा गाउँपालीकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले भने गा.पा. भित्र रहेका सम्पुर्ण बिद्यार्थीका चौर्तफी बिकासका लागि यस्ता खाले कार्यक्रमको आयोजना गर्न अती आवश्यक रहेको बताए । साथै गा.पा. भित्र रहेका सम्पुर्ण स्कुलका शिक्षक तथा शिक्षिकाहरुलाई समयमा बिद्यालय आउँन आग्रह समेत गरेका थिए ।

प्रतियोगितामा जहदा गाउँपालि भित्रको श्री दुर्गा माध्यमिक विद्यालय जहदा-१, श्री बुद्धेस्वरी माध्यमीक बिद्यालय जहदा-१, श्री बौरीया माध्यमिक विद्यालय जहदा-२, जनता माध्यमिक विद्यालय जहदा-२, श्रि दुगी माध्यमिक विद्यालय जहदा-५, श्रि जनता माध्यमिक विद्यालय जहदा-६ र श्री महेन्द्र माध्यमिक विद्यालय जहदा-७ गरी जम्म ७ वटा स्कुलका बिद्यार्थी सहभागीता रहेको थियो ।

प्रतियोगितामा सहभागी स्कुलहरु मध्ये श्री दुर्गा माध्यमिक विद्यालय जहदा-१ ले प्रथम , श्री बौरीया माध्यमिक विद्यालय जहदा-२ ले दितीय र श्रि दुगी माध्यमिक विद्यालय जहदा-५ ले तृतय स्थान हासिल गरेका थिए ।
प्रतियोगीतामा सहभागी विद्यार्थीका लागि पुरस्कार सहित मेडल र ट्रर्फीको ब्यवस्ता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह , बिशिष्ठ अतिथी जहदा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष हन्ना सोरेन, जहदा गाउँपालिकाका वडा नम्बर तिनका वडा अध्यक्ष अनिल कुमार ठाकुर, बिभिन्न वडाका वडा अध्यक्ष, बिभिन्न स्कुलका स्कुल प्रतिनिधिहरु लगायत बिद्यार्थी र स्थानियहरुको ब्यापक उपस्थिती रहेको थियो ।
कार्यक्रम जहदा गाउँपालिका वडा नम्बर-२ का वडा अध्यक्ष चन्द्र शेखर कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्