१३ बैशाख २०८१, बिहिबार
Tags

विज्ञान प्रदर्शनी तथा औद्योगिक कृषि मेलाको सबै तयारी पुरा, शान्तिवनमा वैशाख ६ देखि ९ गते सम्म हुनेछ प्रदर्शनी

रणभूमी डेस्क बुधबार, बैशाख ०६, २०८०

सुनसरी / सुनसरी जिल्लाको दक्षिण एसियामा पर्यटकहरूलाई आकर्षित गरेको पहिलो गन्तव्यको रुपमा रहेको बर्जु गाउँपालिका–५ सितागञ्ज स्थित एभरेष्ट साइन्स सेन्टर नेपाल शन्तिवनमा वैशाख ६ गते देखि ९ गते सम्म संचालन हुने विज्ञान प्रदर्शनी तथा कृषि औद्योगिक मेला को सम्पूर्ण तयारी पूरा भएको छ ।

मंगलवार शन्तिवनामा पत्रकार सम्मेलन गर्दै शन्तिवनका सञ्चालक डा. दिलीप अधिकारीले पत्रकार सम्मेलन गर्दै उक्त मेलाको कार्यक्रम सार्वजनिक गर्दै विज्ञान प्रदर्शनी मेला एक मेला मात्र नभई नेपालका ७७ वटै जिल्लाका विद्यार्थीहरुलाई एकै छाता मुनि
ल्याएर विश्वले गरिरहेका खोज अनुसन्धानको विषयलाई विज्ञहरुको माध्याम बाट सहज बनाउने बताए । मेलामा विद्यार्थी मात्र नभई विज्ञानमा रुचि राख्ने शिक्षकहरु पनि ठूलो संख्यामा सहभागी हुने छन् ।

विज्ञान शिक्षक समाज (स्तान) र एभरेस्ट साईन्स सेन्टर नेपालको संयुक्त आयोजनामा हुन लागेको विज्ञान प्रदर्शनी एवम कृषि तथा औद्योगक प्रदर्शनी मेला २०२३ मा नाशाका वैज्ञानिक द्वारा भिडियो कन्फ्रेन्स मार्फत अन्तरिक्षको विषयमा भएका जिज्ञासाहरु समाधान गर्नुका साथै हामीले रात्रीको समयमा आकाशमा देखने ताराहरूको बारेमा टेलिक्कोप को माध्यम बाट नजीकै बाट देखाई नाङ्गो आँखाले पनि उक्त ताराहरु देख्दा चिन्न सक्ने अवसर प्रदान गर्नेछन् ।

यहाँ कमेन्ट गर्नुहोस्