२७ बैशाख २०८१, बिहिबार
Tags

अम्बे मुरारी सेवा केन्द्रले गर्यो १८ जना विद्यार्थीलाई सम्मान

उषा सरदार आइतबार, साउन ०७, २०८०

विराटनगर / अम्बे मुरारी सेवा केन्द्रले ४१ औ बि पि स्मृति  दिवसको अवसरमा १८ जना विद्यार्थीलाई सम्मानित गरेको छ।

आज एक कार्यक्रमको आयोजना गर्दै बिराटनगर ८ स्थित महेन्द्र माध्यमिक बिद्यालयका कक्षा ५ देखि १० सम्मका प्रथम, दितिय र तृतीय  हुने छात्रा छात्र लाई  सम्मानित  तथा पुरस्कृत गरेको हो । अम्बे मुरारी सेवा केन्द्रले स्थापना काल देखि नै प्रत्येक वर्ष बिपि स्मृति दिवसकै दिन सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई  सम्मानित गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिदै केन्द्रले यसपालि महेन्द्र माध्यमिक बिद्यालयका प्रथम , दितिय र तृतीय गरि १८ जना विद्यार्थीलाई मेडल दिएर सम्मान गरेको हो। संस्थाकी अध्यक्ष युवा भण्डारीको अध्यक्षता भएको कार्यक्रममा अम्बे मुरारी सेवा केन्द्रकी संस्थापक अध्यक्ष भारती उपाध्याय , सचिब गंगा प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा महेन्द्र मा बि को प्राध्यापक श्री विस्नु कान्त झा प्रमुख अतिथीको भुमिका निभाउनु हुँदै बिद्यार्थीहरु लाई  टीकार मेडल लगाईदिनु भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्