१६ बैशाख २०८१, आइतबार
Tags

नयाँ वर्षको उपलक्ष्यमा चन्द्रमाको चट्टान शन्तिवनमा प्रदर्शनीको तयारी

रणभूमी डेस्क आइतबार, माघ २८, २०८०

सुनसरी / सुनसरीको शन्तिवन मा चन्द्रमाको चट्टान प्रदर्शनीमा ल्याउँदै छ । ६ महिनाको लागि प्रदर्शनीमा राखिने चन्द्रमाको चट्टान ३ अरब ७५ करोड वर्ष पुरानो भएको र दोश्रो पटक नेपालमा प्रदर्शनीमा राखिने छ ।

‘शन्तिवन देखि चन्द्रमा सम्म -२, नामले २०८१ सालको नयाँ वर्षको उपलक्ष्य मा ६ महिनाको लागि प्रदर्शनीमा ल्याउने तयारी पूरा भइसकेको आयोजकले बताएको छ ।

नेपाल भारत गरी विज्ञानमा रुचि राख्ने धेरै विद्यार्थीहरुलाई अन्तरिक्ष तथा चन्द्रमाको बारेमा अध्ययन गर्न जान्न बुझ्न सजिलो हुने आयोजकले बताए ।

एभरेस्ट साईन्स सेन्टर नेपाल शन्तिवनमा कार्यक्रम आयोजक डा. दिलिप अधिकारीले पत्रकार सम्मेलन गरी कार्यक्रहरु सार्वजनिक गरी । प्रदर्शनीमा चन्द्रमाको चट्टान सहित अन्य विभिन्न विज्ञान तथा अन्तरिक्ष सँग सम्बन्धित सामाग्रीहरु अवलोकन गर्न सकिने छ ।

यहाँ कमेन्ट गर्नुहोस्