०२ आश्विन २०८१, बुधबार
Tags

जिल्ला प्रहरी कार्यालय मोरङ्गले विद्यार्थीहरुलाई साईबर अपराध सम्बन्धी सचेत गर्दै

रणभूमी डेस्क आइतबार, जेठ ०६, २०८१

विराटनगर / सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवाकेन्द्र तिनपैनीको आयोजनामा विराटनगर महानगरपालिका वडा नं. १२ स्थित मदर टेरेशा माध्यमिक विद्यालयमा साईबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उक्त विद्यालयका कक्षा ९ र १० का ६५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले समाजमा बढ्दो सामाजिक सञ्जाल प्रयोगको रोकथाम तथा नियन्त्रणका विषयमा जानकारी गराएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले सामाजिक सञ्जालको दुरुपयोग, इन्टरनेट सेवा तथा सामाजिक सञ्जालको सदुपयोग गर्ने तरिकाका बारेमा जानकारी प्राप्त गरेका थिए। समाज सुरक्षा र सुरक्षित इन्टरनेट प्रयोगबारे विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिएको बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्