
रणभूमी डेस्क बिहिबार, जेठ ०९, २०८२

विराटनगर / इलाका प्रहरी कार्यालय रानी मोरङले बिहिबार FAN CLUB (Fight Against Narcotics Campaign) अर्थात् ‘लागूऔषध विरुद्धको अभियान’ विद्यालय स्तरीय समितिका पदाधिकारी तथा फोकल पर्सनहरुलाई लागू औषध दुर्व्यसन विरुद्दको लोगो अंकित टि-सर्ट वितरण गरेको छ।
बिराटनगर महानगरपालिका-१६ हुलास चोकस्थित सामुदायिक सेवा केन्द्र रानीको भवनमा आयोजित कार्यक्रममा श्री मिल्स माध्यमिक विद्यालय र श्री बिनायक सेकेन्डरी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
इलाका प्रहरी कार्यालय रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त समन्वयमा आयोजित उक्त कार्यक्रमअन्तर्गत फ्यान क्लब विद्यार्थी अभिव्यक्ति मंच कार्यक्रम समेत सम्पन्न भएको थियो।
इलाका प्रहरी कार्यालय रानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक कबिन राईले उक्त अवसरमा विद्यार्थीहरुलाई लागू औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।
फ्यान क्लब विद्यालय स्तरीय समिति गठन भएर संचालनमा रहेका दुवै विद्यालयका विद्यार्थीहरुलाई लागूऔषधका हानिकारक प्रभावहरुबारे सचेत गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।