
रणभूमी डेस्क बुधबार, जेठ १४, २०८२

विराटनगर / विराटनगर महानगरपालिका वडा नं. ४ स्थित श्री गोग्राहा उच्च माध्यमिक विद्यालयमा बालबालिका विरुद्ध हुने अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीको समन्वय र सहकार्यमा आयोजित उक्त कार्यक्रममा १०१ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए।
सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेक प्रसाद निरौलाले आतिथ्य गरेका थिए।
कार्यक्रममा बालबालिका विरुद्ध हुने अपराध तथा ‘गुड टच एण्ड ब्याड टच’ सम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। यस्ता कार्यक्रमले बालबालिकाहरूमा सुरक्षा चेतना बढाउने र उनीहरूलाई हानिकारक परिस्थितिहरूबाट जोगाउने उद्देश्य राखेको छ।
यहाँ कमेन्ट गर्नुहोस्