२८ जेठ २०८२, बुधबार
Tags

रंगेलीमा २०० जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा, विद्यार्थीलाई सीमा सुरक्षा प्रशिक्षण

रणभूमी डेस्क सोमबार, जेठ २६, २०८२

विराटनगर / “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत रंगेली नगरपालिका–४ स्थित श्री गणेश माध्यमिक विद्यालयमा जेष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर र विद्यार्थीहरूलाई सीमा सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय, सुनसरीको आयोजनामा र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा सञ्चालन भएको उक्त अभियान २०८२ जेष्ठ २५ गतेदेखि २०८२ असार ४ गते रंगेलीमा कार्यक्रम गरिएको हो भने इलाम, झापा र सुनसरीका सीमावर्ती क्षेत्रमा सञ्चालन हुने जनाएको छ।

मोरङको रंगेलीमा आयोजित स्वास्थ्य शिविरमा ५७ जना पुरुष र १४३ जना महिला गरी २०० जना जेष्ठ नागरिकले सेवा लिएका छन्। शिविरमा सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रा.स.प्र.नि. डा. मदन कुमार यादवको कमाण्डमा ६ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो।

स्वास्थ्य सेवा जाँच, सामान्य उपचार, औषधि वितरण र स्वास्थ्य परामर्श प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सोही दिन विद्यालयका विद्यार्थीलाई सीमा, सीमावर्ती क्षेत्र, सीमा सुरक्षा, अपराध, सीमा स्तम्भ, दशगजा, तस्करी र लागुऔषध सम्बन्धी विषयमा एक दिने सचेतनामूलक प्रशिक्षण पनि प्रदान गरिएको थियो। प्रशिक्षण सशस्त्र प्रहरी डिएसपी हेम पौडेलले दिएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण टंकीका डिएसपी वीरेन्द्र खनाल र बोर्डर आउट पोस्ट रंगेलीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नारायण उप्रेती सहितको टोली सहभागी थियो।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई स्वास्थ्य सेवा, सुरक्षा चेतना र आपराधिक गतिविधिबाट सुरक्षित राख्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्