
रणभूमी डेस्क बिहिबार, जेठ २२, २०८२

बिराटनगर / बिराटनगर महानगरपालिका वडा नं. १३ स्थित बाल माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय रानी मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त आयोजनामा आज बिहान ९:१० बजेदेखि सुरु भएको उक्त कार्यक्रम १०:०० बजे सम्पन्न भएको थियो।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमामा कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई हुने अपराध र हिंसा सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।
यस प्रकारका सचेतनामूलक कार्यक्रमहरू विद्यार्थीहरूमा अपराध र हिंसाका विषयमा चेतना जगाउने र उनीहरूलाई सुरक्षित राख्ने उद्देश्यले नियमित रूपमा सञ्चालन गरिने गरिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्