२६ बैशाख २०८१, बुधबार
Tags

राष्ट्रिय जनगणनामा ‘मगही’ भाषा अभिलेखिकरण गर्न आग्रह गर्दै पत्रकार सम्मेलन

रणभूमी शनिबार, आश्विन ०९, २०७८

बिराटनगर / असोज ९, राष्ट्रिय जनगणना २०७८ मा मातृभाषाको रुपमा ‘मगही’ भाषा अभिलेखिकरण गर्न एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् ।

उक्त कुरा भाषा संस्कृति प्रतिस्ठानले नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण अन्तरक्रिया कार्यक्रम वक्ताहरुले आग्रह गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ को प्रदेश सांसद बसन्ती देवी यादवले नेपालमा बसोवास गरेका उच्चवर्ग, आदीवासी जनजाती, दलित वर्गमा नपर्ने पिछडा वर्गका ३६ जाती र तराई मधेशमा बसोवास गर्ने दलित, जनजातीहरु समेतले मगही भाषा बोलेपनि राष्ट्रिय जनगणनाहरुमा मात्रै भाषा मैथली लेखाएको मगही भाषा ओझेलमा परेको वताउँदै तर अगामी दिनमा हुने जनगणनामा आफ्नो मातृभाषामा मगही लेख्न र लेखाउन आफ्नो तर्फवाट पहल गर्नु पर्ने वताए ।

विशिष्ट अतिथि तथा बुद्धिजीवी राजेन्द्र प्रसाद गुप्ताले आउँदो जनगणनामा मगहि भाषालाई अधिक भन्दा अधिक समावेश गराउन गाउँ–गाउँमा गएर यस्तै अभिमुखिकरण कार्यक्रम संचालन गरी आफ्नो मातृभाषाको महलमा मगही लेखाउन जागरण .अभियान चलाउनु पर्ने भन्दै आखाँ बन्द गरी मैथली लेख्नु भन्दा आफ्नो मातृ भाषा जे छ त्यही लेखाउन अग्रह गरेका थिए ।

आउँदो जनगणना २०७८ मा मगही भाषालाई प्रत्येक मगही भाषीले आफ्नो मातृभाषा मगही, पुर्खाको भाषा मगही, सरकारी कामकाजको भाषा मगही कोड नं २७ रहेको महलमा मगही लेखाउन आग्रह गरेका थिए ।

केवट कल्याण समाजका जिल्ला अध्यक्ष रवी शंकर कामत, सुडी समाजका अध्यक्ष रामेश्वर साह, अखिल नेपाल पिछडा बर्ग प्रदेश नं. १ अध्यक्ष मदन किशोर कामत, रंजनीकान्त कामत, मगही अभियन्ता हिरालाल साह, हरिनारायण यादव, मगही कलाकार मुकेश मगही आदिले शुभकामना मन्तव्य राख्दै मातृभाषामा मगही लेखाउने प्रतिवद्धता गर्दै मगही भाषाको प्रचार प्रसार गाउँ–गाउँ सम्म पु¥याउने वताएका थिए । कार्यक्रम संचालन मगहि अभियन्ता श्याम सुन्दर सुतिहारले गरेका थिए ।

कार्यक्रममा अध्यक्षता गरेका भाषा संस्कृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जय प्रकाश महतोले मगहि भाषा वैदिक कालदेखि स्थापित रहेको छ । प्रदेश नं. १ र २ मा ८२ प्रतिशत जनताले मगही भाषा बोली रहेको भएता पनि विगतका जनगणना तथ्याक भन्दा मिथ्यांक भएकोले सोही आधारमा भाषा आयोगले प्रदेश १ र प्रदेश २ मा मैथली भाषा सिफारीस गरेकोमा आपत्ती जनाउँदै अब हुेन जनगणनामा मगही लेखाएर प्रदेश १ र प्रदेश २ मा सबभन्दा वढी बोलिने भाषा मगही हो भनी सावित गर्न मातृभाषाको महलमा मगही लेखाउन आग्रह गर्दै कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रम संचालन मगहि अभियन्ता श्याम सुन्दर सुतिहारले गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्