२९ पुष २०८२, मंगलबार
Tags

विराटनगरमा विकास पत्रकारिता तालिम

रणभूमी सम्वाददाता मंगलबार, पुष २९, २०८२

विराटनगर / विराटनगरमा विकास पत्रकारितासम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशको सहयोगमा दरबार मिडिया नेटवर्क प्रा.लि.ले तालिमको आयोजना गरेको हो।

विराटनगरमा आयोजित उक्त तालिम २०८२ पौष २९ गते मंगलबार सम्पन्न भएको आयोजकले जनाएको छ। तालिममा विराटनगर तथा आसपासका जिल्लाबाट आएका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

तालिममा विकास पत्रकारिताको अवधारणा, सरकारका विकास योजना र नीतिलाई कसरी समाचारमा उतार्ने, बजेट र आयोजना विश्लेषण, फिल्ड रिपोर्टिङ, तथ्यमा आधारित समाचार लेखन र आम नागरिकको दृष्टिकोणबाट विकासका विषय प्रस्तुत गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो।

प्रशिक्षकहरूले विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, वातावरण र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्नेमा जोड दिएका थिए। साथै पत्रकारले विकासका सकारात्मक पक्षसँगै कमजोरी र चुनौतीलाई पनि जिम्मेवार ढंगले उजागर गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

आयोजक दरबार मिडिया नेटवर्क प्रा.लि.ले विकास पत्रकारिता मार्फत जनतालाई सही सूचना दिनु र सरकारलाई जवाफदेही बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गरेको छ। सहभागीहरूले पनि तालिमले व्यवहारिक ज्ञान र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्